हेर्दा राम्रो माछापुच्छ्रे...

पाेखरा | पुस ११, २०७९

हेर्दा राम्रो माछापुच्छ्रे...

पोखराः  पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् ।  गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ ।  पोखरा, फेवाताल वा माछापुच्छ«े सर्जकका सिर्जनामा आइरहन्छन् । 


नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’


कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन। कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ। कुनै गीतले इतिहास पनि जोडिदिएको छ। गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’


कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । तीर्थ गीतले इतिहासका  कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ। तर अहिले त्यो त बाँकी छैन नि ।’


तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए। यद्यपि, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् । 


धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् ।  ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन्।  धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’भनेर पाउको माया कहिल्यै बिर्सन्नन् । 


तर धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन्। तर उनलाई बस्ने रहर पोखरामै छ। ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन्। उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन् ।  आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन्। आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् । 


तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं। धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन। फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’
फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन् ।  


फेवाताल कसरी रहन  गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् । 

 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्